सिरहामा भ्यानक दुर्घटना स्कुलबसले मोटरसाइकल लाई ठक्कर दिदा १ को मृत्यु ,१ घाइते
Advertise Here Book Now

महेश सिंह महतो , सिरहा १८ जेष्ठ । सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा बि .गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो।ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते भएका छन । गम्भीर रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ। नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचार को लागि ल्याउँदै गर्दा बाटो मा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्।मृतक को लास पोस्टमार्टम को लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखीएको ईलाका प्रहरी कर्यालय लहानको डिएसपी राजेश थापाले जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्