राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने
Advertise Here Book Now

मोर्चाको केन्द्रीय सचिवालको बैठकबाट नेपाल सरकार, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दल, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ संगठन र नागरिक समाजका अगूवलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरिएको छ । मोर्चाले आगामी भदौंको पहिलो साता काठमाडौंमा विशाल जनसभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । यसका साथै राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय ‘संगठन परिचालन तथा व्यवस्थापन समिति’ पनि गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । समितिका सदस्यहरूमा दीपक सिंह ‘भास्कर मुक्ति’, लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् ।
