सिरहाको अधिकांश सरकारी विद्यालयको पठन- पाठन प्रभावित
Advertise Here Book Now

राजेन्द्र महतो लहान वैशाख २२ । सिरहा जिल्ला स्थित रहेकोअधिकांश सरकारी विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यालयको पठन पाठन प्रभावितभएको छ । स्थानीय निकायको तहले पाठ्यपुस्तक किन्ने पैसा नदिँदा सिरहाका अधिकांश सरकारीविद्यालयहरुको पठन पाठन प्रभावितभएको हो। जिल्ला मा रहेको सरकारीविद्यालयहरुको करीब ७६ हजारभन्दा बढी विद्यार्थी समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका छन् ।
शिक्षा समन्वय इकाई समिती सिरहाको अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका तीनसय ३५ विद्यालय रहेका छन ।जसमा कक्षा १ देखि ९ सम्म ७६ हजार पाँचसय ८८ विद्यार्थी पढ्छन् । जिल्ला का सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले रकम निकासा न गरेको बताएका छन । एकातिर ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ’ नारासँगै विद्यार्थी भर्ना अभियान शुरु गरेका छन भने अर्को तर्फ स्थानीय तहले विद्यालय लाई पाठ्यपुस्तक उपलब्ध गराउन सकेका छैनन ।
रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेतअन्योलमा परेको फुल कुमारी उच्च मा-बि-का एक प्राध्यापक भानु गौतम ले बताएका छन । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लाका स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताएका छ्न।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्