लाहान नगरपालिका या "गौ" पालिका ? कान्जी हाउस निर्माणमा मेयर उदासीन
Advertise Here Book Now

नगरपालिका वडा न. १७ का वडा अध्यक्ष प्रथमलाल चौधरीको अध्यक्षतामा कान्जी हाउस निर्माण समिति बनाएको भनिए पनि उक्त समिति अहिलेसम्म कुनै पनि कार्य अगाडि नबढाएको स्रोतको दाबी छ । करिब एक महिना अगाडि वार्ड अध्यक्ष प्रथम लाल चौधरीले बैशाख १ गते देखि कुनै पनि गाई वस्तु छाडा रुपमा सडकमा नघुमने वाचा गरेपनि वास्तविक अवस्था भने फेरिएको छैन । "जैसे गुरु वैसे चेला" भने जस्तै मेयर साह को वाचा र वार्ड १७ का अध्यक्ष चौधरी को वाचा मा अत्यधिक फरक देखिएको छैन ।
मेयर साहको धेरै नजिक रहेको मानिने एक सन्चारकर्मीको अनुसार मेयर साहले सुझाव सबैको लिएतापनि काम चाँहि आफ्नै मनमौजी ढंगले गर्नेगरेका छ्न । असंख्य नगरवासीहरुले चौपाया नियन्त्रणका लागि मेयर साहलाई सुझाव दिएतापनी उनको रबैया उस्तै छ । कैयौंले त यो नगरपालिका हैन "गौ" पालिका हो भन्न थालेका छन ।
