वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्छ ः मुख्यमन्त्री राउत
Advertise Here Book Now

जनकपुरधाम, जेठ ८ । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताएका छन । हिमालय बैंकको जनकपुर शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिएका छन । अहिलेको लगानी अनुउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्नु हुँदै उनले प्रदेश सरकारको प्राथमिकता अनुसार कृषि, रोजगार लागयतको क्षेत्र पहिचान गरि लगानी बढाउनु पर्ने उल्लेख गरेका छन । मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्