१ महिने सिलाई कटाई तालिम शुरु
Advertise Here Book Now


राहुल कुमार सिंह बैशाख २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा शुक्रवारदेखि १ महिने सिलाई कटाई तालिम शुरु भएको छ । शुलभ नेपालको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाको सहयोगमा १ महिने सिलाई कटाई तालिम शुरु भएको हो । तालिममा स्थानीय महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई १ महिनासम्म सिलाई कटाई सिकाईने संस्थाले जनाएको छ । शुलभ नेपालका कार्यवाहक अध्यक्ष मिनु झाको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य सरस्वती चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला पुर्वाधार विकास कार्यालय धनुषाका महेन्द्र महतो , रिकुं शाह , नेपाल प्रेस युनियन धनुषा सदस्य किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । महिलाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्