कटुवा पेस्तोल सहित एक भारतीय ना गरिक पक्राउ
Advertise Here Book Now

राजेन्द्र महतो लहान । सिरहा को भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजारबाट नजिकबाट हतियार सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहीवार राति पक्राउ गरेको छ । पक्राउ परेका भारतीय ना गरिक राजेशकुमार यादव रहेको छ । भगवानपुर गाउँपालिका–४ बाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड साथमा रहेको भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र सशस्त्र प्रहरी आउट पोस्ट बल,ठाडी इनर्वा बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिक चेक जाच गर्नेक्रम मा कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी आउट पोस्ट बल, ठाडी इनर्वाका सशस्त्र प्रहरी निरीक्षक कैलाश क टुवाल ले जनाएको छ । पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्