स्वतन्त्र मधेश गठबन्धन सिके राउतका असन्तुष्ट समुह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण, एकताले अव जनतान्त्रिक तराई मुक्ति मोर्चालाई थप उर्जा पाएको छ ः मनोज मुक्ति
Advertise Here Book Now

श्रीकान्त झा । जनकपुरधाम।२ जेष्ठ । स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सि के राउत समुहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज झा मुक्ति विवेकले दिएको जानकारी अनुसार असन्तुष्ट समुह आफनो संगठनमा एक कार्यक्रम विच एकीकरण गरिएको हो । जनतान्त्रिक तराईमुक्ति मोर्चाका राष्ट्रय अध्यक्ष मुक्तिले भने स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समुह हाम्रा साथ भएको कारण अव जनतान्त्रिक तराई मुक्ति मोर्चालाई थप उर्जा पाएको छ भने हामीले ११ बँुदे सहमती स्वरुप संयुक्त रुपले अभियान चलाउने छौ भने छिट्टै नै निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर्ने घोषणा गरिने अध्यक्ष मुक्तिले वताउनु भएको छ । एउटै देशमा दुई किसिमका विभेदका रुपमा देखने गरेको हुनुका साथैे मधेश र मधेशि जनतालाई पटकपटक सवै राजनितकि दलले धोका दिँदै आएको हुनाले मधेशको मुक्तिका लागि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता साथका आफुले असन्तुष्ट समुह विच एकता गरीएको हो । सवै प्रकृया अन्तिम चरणमा पुगि सकेको हुनाले जेष्ठ महिनाको २० गतेसम्म आयोगमा नयाँ पार्टी दर्ता गर्ने गरी योजना बनाएको अध्यक्ष मानोज मुक्तीले बताउनुभएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्