सिरहाको धनगढीबाट ८ किलो चरेससहित दुई जना प्रहरीको नियन्त्रणमा
Advertise Here Book Now


महेश सिंह महतो सिरहा , ९ असार । सिरहाको धनगढीमाई नगरपालिकामा लागुपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरले नियन्त्रणमा लिएको हो । सिरहाबाट खटिएको प्रहरीको विशेष टोलीले धनगढी १० श्यामपुर बाट उक्त परिमाणको अबैध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको हो । चेक जाचको क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए । सिरहा गाजा ,चरेस, लागु औषधको पकेट छेत्रको रूपमा मान्छेहरुले चिनिन थालेको हो । पक्राउ परेका दुवै जना लाई ईलाका प्रहरी कार्यालय लहानमा राखीएको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ । सिरहा प्रहरी प्रमुख चतुरबेदिको अनुसार सिरहाबाट अबैध क्रियाकलाप को चारै उन्मुलन गर्ने तिर लागेको छु बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्