सिरहामा फेरि दोहरियो सामुहिक बल्तकारको घटना
Advertise Here Book Now


महेश सिंह महतो , सिरहा, १० असार । सिरहाको कर्जनहा स्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि बलात्कार भएको छ । बल्तकारको अरोपमा प्रहरीले एक जनालाई युवा प्रहरीले सूचना को आधारमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्याम कुमार महरा रहेका हुन । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए । बालीकालाई ब्यक्ती रिसिबीको कारण योस्तो भएको प्रहरीले अनुमान गरेको हो । पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्