लहानमा लागु औषध सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
Advertise Here Book Now

महेश सिह महतो, सिरहा १२ अषाढ । सिरहाको लहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार श्री पशुपति आदर्श मा. वि. को प्रांगनमा सम्पन्न भएको छ ।लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।ईलाका प्रहरी कार्यालय लहानको आयोजनामा भएको सो कार्यक्रममा लहान नगर पालिका भित्रका प्याराडाईज स्कुल,ल ल कु मा वि र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी जम्मा २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको अवसरमा लहान नगर पालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लहानका नि.का.प्रमुख प्रहरी निरिक्षक विजय यादवले गर्नु भएको ईलाका प्रहरी कार्यालय लहानका इन्सपेकटर सुमित कुशवहाँले जानकारी दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्