सिरहाको ठाडी भन्सारमा घुसपेट , सिडियो र कर्मचारी
Advertise Here Book Now


महेश सिंह महतो लहान २० जेठ । सिरहाको ठाडी भन्सारचार कार्यलयमा घुसकोर को खानी।पाँग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी)को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ । एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर, ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार जेठ १५ गतेदेखि ५ सय रुपैयाँ गरेको छ । तर, ठाडी भन्सारका कर्मचारीहरुले ५ सय ५० रुपैयाँ लिने गरेको छ । भारतीय गाडीले एक सत्ताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३५ सय रुपैयाँको ठाउँमा साढे ३७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान १९ का सँदीप यादवले बताए । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए । ती भन्सार कर्मचारीले तोकिएको शुल्क भन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन चार लाख रकम उठाउने गरेको भगवानपुर ईनरुवाका रामकुमार यादवले बताए । त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र १०० जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने ‘यस्तो घुसखोरीलाई कारवाही गर्नुपर्छ ।’ ‘आवश्यक अनुसन्धान गरी चाडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने’ बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्