मुसल्धारे वर्षाका कारण तराईका जिल्लाहरुमा जनजीवन प्रभावित सर्बसाधनलाई सास्ती ,किसानहरु खेतीगर्नमा ब्यस्त
Advertise Here Book Now

महेश सिंह महतो २६ असार , सिरहा । : सिरहामा दुई तिनदिन देखी परेको भारी बर्षाले तराईमा ठाँउमा पनि जमेको हो । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई , तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाले सिरहा , सप्तरी , धनुषा, मोहोतरी लगायतका जिल्लाहरुमा बिहिवार बिहानै देखी परेको मुसलधारे बर्षाले बजार , कलखार्खना बन्द रहेको छ। बाहिर बाट आएको यात्रुलाई गन्तव्य तर्फ पुगन गाह्रो भएको सर्बसाधारण , रिझन यादव , अङ्कित भुजेल , महेश खडका , निरन्जना चौधरी, प्रस्नसा चौधरीले दुखेसो पोखेका हुन । सिरहाको बसपार्क , होटेल, होस्पिटल र सार्बजनिक ठाँउहरुमा यात्रुहरुको भिडलागेको देखिन्छ। यता किसानहरु खेतीगर्न मा ब्यस्त छ। मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक,दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको हो ।मौसमविद्का अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद्लले बताए । यता शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । बर्षाले तराईका अधिकान्स नदि , तलाउ ,पोखरीहरु जलमग्न भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्