सिरहामा १० वर्षिय नबालीकालाई जबर्जस्ति कर्नी गरेको आरोपमा एक जना प्रहरीको नियन्त्रणमा
Advertise Here Book Now

महेश सिंह महतो , सिरहा २७ असार । सिरहाको कल्यणपुरको कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया नबालिका बलात्कृत भएकी छिन । नबबालिका एकै रहेको हुँदा बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ बस्ने ५५ वर्षीय रामबृक्ष साफीलाई प्रहरीले घरै बाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ । मिर्चैयाको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले भने पीडित नबालिकालाई उद्धृत गर्दै कमला बगरमा भैंसी चराउन भएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको बताए । पीडित नबालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्