कमला छेउ बाट गाजा सहित भार्तिय नागरिक पक्राउ
Advertise Here Book Now


महेश सिंह महतो , सिरहा २१ असार। सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा पदा?र्थ सहित पक्राउ गरेको छ । पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकल सबार गरी मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४५० ग्राम अवैध लागुपदार्थ गाँजा सहित पक्राउ गरेको हो । शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्