लहानमा बजाज मेला पचिस हजार सम्म नगद उपहार दिने
Advertise Here Book Now

महेश सिंह महतो , २० असार , सिरहा । सिरहाको लहान स्थित रहेको बजाज कम्पनीको मोटरसाइकलको आधिकारीक वितरक मनकामना ट्रेड लिंकले उपभोक्ताको लागी ल्याएको छ गजबको चमत्कारिको मौका । पुरानो भन्दा पुरानो बजाज कम्पनीको मोटरसाइकल तथा स्कुटरसँग क्सएचेन्ज गर्न ठुलो मेलाको आयोजना गरिरहेको हो ।कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल ,स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ सम्म दिने गरेको छ । बजाज रोरुम लहानका प्रवन्ध निर्देशक शंकर चौधरीले बताए । पुरानो मोटरसाइकलको मूल्य प्रचलित बजारको रेट, मूल्यांकन, भन्दा करिब १५ हजार रुपैयाँ सम्म बढी तिर्ने गरेको हाम्रो योजना रहेको हो । यो मौकाको कुरा जनसमुदाय र हाम्रो ग्राहक मानुभावमा जाओस् र मेला सहभागीको भागेदार बनोस् भने बजाजको उदेश्य रहेको बताए । शुक्रबार पत्रकार सम्मेलन यो कुरा सार्बजनिक गरेको हो । 
यो कम्पनीको नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई २५ हजारसम्म नगद छुट रस्क्राचकार्ड पाउने सक्ने ,नयाँ मोटरसाइकल खरिद गर्नेलाई ल्यापटप ब्याग, हेलमेट, जस्ता एसोसरिजहरु निःशुल्क उपलब्ध गराउने  चौधरीले बताउनु भयो । सो एक्स्चेन्ज मेला यहीँ असार २२ गते  देखि २७ गतेसम्म लहानको मनकामना ट्रेड लिंक बजा सोरुममा हुने आयोजकले बताए । बजाज कम्पनीका डिस्कोभर - १२५ डिजिटल डिस्क,डिस्कोभर - १२५ डिजिटल ड्रम,पल्सर -१५० सिसी UG4 ,पल्सर २२० सिसी F ,पलाटिना १०० ES ,पल्सर १५० TD ,पल्सर -200AS ,डिस्कोभर १२५ सिसी ड्रम ब्रेक ,डोमिनर D400 सिसि ,एभेन्जर १८० स्ट्रिट,एभेन्जर २२० सिसि ,एभेन्जर २२० सिसि स्ट्रीट,पल्सर १६० NS ,पल्सर १८० सिसि , V 12 -125 र V 15 -150 मोडलका मोटरसाइकलहरु उपलब्ध रहेको निर्देशक चौधरीले पत्रकार समेलनमा बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्