क्लोथ बैंकलाई कान्छो मेयर बरबरियाको एक लाख एकान्वे हजारको चेक हस्तान्तरण
Advertise Here Book Now


जनकपुरधाम, श्रावण २५ गते  । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले क्लोथ बैँक जनकपुरलाई एक लाख एकान्वे हजार रुपैयाँको चेक  हस्तान्तरणको गरेका छन् । गरिब र विपन्नहरुको लागि लुगा कपडा खरिद गर्नका लागि  शहिदनगर नगरपालिकाको तर्फबाट मेयर बरबरियाले उक्त रकम सहयोग गरेका हुन । धनुषामा राजपाका नेता राजीव झाको सँयोजकत्वमा गठन गरिएको क्लोथ बैँक (कपडाको बैँक) मार्फत गरिब, असहासय, विपन्न व्यक्तिहरुलाई निःशुल्क रुपमा कपडा उपलब्ध गराउँदै आएको छ । शुक्रबार मेयर बरबरिया सहित जिल्ला समन्वय समितिका उप प्रमुख दिपक झा, प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदिपराज कनेल, शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झा, सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल, सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक सुशील पराजुली लगायतको विशेष उपस्थितिमा १ लाख ९१ हजारको चेक हस्तान्तरण गरेको हो । यसका साथै, संस्थाको सचिब पुरण साह लगायत राजपाका विद्यार्थी नेता प्रशान्त झा, अनुपम झा, सँचारकर्मीहरुको लगायतको उपस्थितिमा एक लाख एकान्बे हजारको चेक गरीब तथा बिपन्न बर्गको लागि प्रदान गरिएको हो । क्लोथ बैंकमा सहयोगपछि बैँकका सँयोजक राजीव झा सहित उपस्थित प्रशासनीक निकायका अधिकारीहरुले समेत मेयर बरबरियाको कार्यलाई सराहना गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्