भारतबाट ल्याउदे गरेको पचास कार्टून अबैध मदिरा सहित स्कार्पियो सिरहा प्रहरीको फन्दामा
Advertise Here Book Now

महेश सिंह श्रावण २६ । सिरहा प्रहरीले नेपाल बाट भारत तर्फ अबैध रूपमा ल्याउदै गरेको ५० काटुन ,गौरव सोफी मदिरा सहित स्कार्पियो लाई प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटि गाउँपालिका १ बाट HR661487 नम्बरको स्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० का टुन अबैध गौरव सोफी मदिरा अबैध प्रहरीले पक्राउ गरेको हो । स्कारपियो सहित २५ लाख मुल्य बराबर को मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन । प्रहरी लाई हेर्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको प्रहरीले बताए। पक्राउ गरेको गाडी र मदिरा सिरहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय - सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्