सिरहा लगायत पुर्वी मधेसका किसान वर्षा भएपछि हर्षित, बिहानैदेखि मल खाद छर्दै
Advertise Here Book Now

नरेशचन्द्र बरवरिया,सिरहा,भाद्र ३१।गते । ।सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका किसानहरु अहिले खुशी छन । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् ।यो दृश्यमा प्रस्टै देखिन्छ । सिरहा र सप्तरीका अधिकान्स खेतीयोग्य जग्गामा सिचाईको अभाव रहेको छ । आकाशे पानीमा निर्भर रहेका यी किसान समयमा वर्षा नहुदा डिहवार बाबा र गोसाइँ बाबालाई पुज्ने गर्छन । सिंचाइ सुविधामै खटिने कर्मचारीका लागि मासिक २५ लाख ३५ हजार रुपैयाँ खर्चिंदै आए पनि सुविधा भने किसानले पाउन नसकेको सरोकारवालाको भनाइ छ ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्