लहानको बलान पुल मुनि बेवारिश लाश भेटियो
Advertise Here Book Now

महेश सिंह सिरहा - ३ असोज । सिरहाको लहान नगर पालिका -३ बलान खोला स्थित वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पुरुषको सब अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि बाहिर पठाइएका छन् । शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।सब लाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताए । बर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको हो प्रहरीले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्