सिरहाका विधुत कर्मचारी ८० हजार घुस सहित पक्राऊ
Advertise Here Book Now

महेश सिंह ,सिरहा, २३ भदौं । सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई घुस सहित पक्राउ परेका छन् । सिरहाको विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिदै गरेको अबस्थामा रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारको कर्मचारीले जनाएका हुन। सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको हो । आजै साहलाई अख्तियारको कार्यालय बर्दिबास लगिएको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्