काँकभिट्टा बाट काठमान्डौं जादै गरेको बस सिरहाको कर्जन्हामा दुर्घटना
Advertise Here Book Now

महेश सिंह - सिरहा २३ भदौ । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनै यात्रु घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको परयागपुर स्थित यात्रुवाहक बस दुर्घटना हुँदा दर्जन नौ घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकभिट्टा बाट काठमान्डौं जादै गरेको ना ५ ख ५२३४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो । काठमान्डौं जादै गरेको शुभ बिहानी नामक बस दुर्घटनामा परेका छन । ईलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको हो । दुर्घटनामा परी दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन । नाम खुल्न नसकेको दुवै जनाको टाउको र छातीमा गम्भिर चोट लागेको प्रारम्भिक जानकारी दिइएको छ।घाईते भएका करिब दुई दर्जन यात्रुहरुको स्थानीय स्तरको विभिन्न अस्पताल तथा क्लीनिकहरुमा उपचार भईरहेको प्रहरीले जानकारी दिनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्