मधेशमा ५ सय वटा बुढानिलकण्ठ शैलिको विद्यालय खेल्नु पर्छ, संयोजक मिश्र
Advertise Here Book Now

परम्परागत शैलिमा चल्ने ठूला पार्टीको पद्धतीका कारण देशमा वेरोजगार, भ्रष्ट्राचार बढ्दै गएको भन्दै संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता प्रमुख अभियान भएको तर्क अघि सारे । आफुहरु सत्ता प्राप्ती भन्दा पनि पार्टीले अघि सारेका एजेन्डाको न्यायको पक्षमा रहेको उनले बताए । सामान्य नागरिक देखि प्रवुद्ध व्यक्तिसंगको छलफललाई चलायमान र गतिशिल बनाउन राजनीतिक भुँइ यात्राको अभियान सुरु गरेको भन्दै संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।
फरक प्रसंगमा संयोजक मिश्रले भने संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए । धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए । कार्यक्रम बिच सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन ।

