लहानका सरगम एफएम ले आफ्नो चौथो जन्मदिन बडो उत्साहको साथ मनाए
Advertise Here Book Now


तेस्रो वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले बताएका छन । उहाँले आफना सदस्य, बिज्ञापन दाता, कर्मचारी, सहयोगी, स्वदेश तथा विदेशमा रहेका श्रोता लगायत रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको अध्यक्ष शेखले बताउनु भएको छ। छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सबै स्रोता, विज्ञापनदाता, नागरिकसमाज र सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अमुल्य योगदान पुर्याउने अध्यक्ष शेखले प्रतिवद्धता जनाएका छन्। रेडियो सरगमले विहान ४ :३० बजे देखि राति १२ बजे सम्म दैनिक २० घण्टा प्रसारण दिदै आइरहेको यस क्षेत्रका एक मात्र रेडियो स्टेसन हो ।