चैत्रमा हुने छात्रबृती परिक्षामा सहभागी हुन जिल्लाका सम्पुर्ण बिधालयलाई निष्ट कलेजद्धारा आग्रह
Advertise Here Book Now

संजय विश्वकर्मा लहान २४ , माघ । बिज्ञान संकायमा नेपालको उत्कृष्ट काठमाडौका एक कलेजद्वारा सिरहा जिल्लाको -३ स्थानमा सिस्टम ,सेक्सेस र ह्यापिनेस बिषयमा एक दिने कलेज मोटिभेशन कार्यक्रम सम्पन्न भएको छ । लहानमा माघ २१ गते ,मिर्चैयामा २२ र बन्दीपुरमा २३ गते गरि तीन दिनमा सो कार्यक्रम सम्पन्न गरेको आयोजक निष्ट फाउन्डेसनले जनाएको छ । सफलताका कथाका साथै जिवनमा खुसि हुनका लागी बिभिन्न बिधिहरुको बिषयमा कार्यक्रममा ब्यापक रुपमा चर्चा भएको थियो । निष्ट कलेजको मिडिया मोटिभेशन मास्टर सिमोन न्यैपानेले प्रस्तुत गरेको मोटीभेशन कार्यक्रममा ३ वटै स्थानका करिब ३० वटा बढि निजि स्कुलका बिद्यार्थी, शिक्षक र संस्थापकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मोटिभेटर सिमोन न्यौपानले बिधार्थीहरुलाई पढाईको क्रममा तनाब न्युनिकरण गर्नका लागी बिभिन्न बिधि, बिधार्थीको चाहना अनुसारको शिक्षा भएमा पढाई प्रती आकर्षित हुने लगायतका बारेमा जानकारी गराएका थिए । कक्षा १० को बिद्यार्थीहरुको सहभागीता कार्यक्रममा समाजमा व्यापक रुपमा अभिभावकहरुको करले विद्यार्थी पढ्ने गरेकोले त्यस्ता शिक्षाले परिवार ,समाज र देश विकासका लागी प्रभावकारी नहुने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका थिए । सन १९९३ मा स्थापना भएको निष्ट कलेज नेपालभरीमा बिज्ञान शंकायमा उत्कृष्ट घोषणा हुनुका साथै हजार भन्दा बढी डाक्टर , तिन हजार भन्दा बढी ईन्जिनिर, सय भन्दा बढी सिए लगायतका समाजका प्रतिष्ठित ब्यक्तिहरु उत्पादन गरेको कलेज श्रोतले जनाएको छ । नेपालको लैनचौर, पाटन, भक्तपुर, बनेपामा रहेको निष्ट फउन्डेशनमा करिब ६ हजार बिधार्थीहरुले उच्च शिक्षा हासिल गरिरहेको छ भने प्रत्येक वर्ष सयौको संख्यामा छात्रबृती पाईरहेको छ । छात्रबृति कार्यक्रममा सबैभन्दा बढि बिद्यार्थीलाई सहभागी गराउने दाबी गर्दै यस कलेजले २०७६ चैत्र २२ गते लहानको माडबारी सेबा सदनमा छात्रबृती परिक्षा संचालन गर्ने जनाएको छ । निष्ट फउन्डेशनका एजुकेशनल कन्सल्टेन्ट राज कुमार गुप्ता र सुमन सुबेदीको समेत सहभागिता रहेको कार्यक्रमा छात्रबृती परिक्षामा सहभागी हुन सिरहाका सम्पुर्ण बिधालयहरुलाई आग्रह गरेका गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्