नगर सुधार समितिद्वारा सुखिपुरमा नि:शुल्क लोकसेवा कक्षाको तयारी
Advertise Here Book Now

लहान २४, माघ: सिरहाको सुखिपुर नगरपालिकामा बिहिवार देखि दुई महिने नि:शुल्क लोकसेवा तयारी कक्षाको सुभारम्भ भएको छ । प्रतीदिन ३ घन्टा संचालन भैरहेको कक्षामा डिएन यादव , बासुदेब दहाल ,भरोषी यादव र भूषणलाल कर्णले सहजीकरण गरिरहेको आयोजक नगर सुधार समिती सुखिपुरका अध्यक्ष बिपि भुवन यादवले जानकारी दिनुभयो । समिति अध्यक्ष यादवले उदघाटन गरेको कार्यक्रममा सुखिपुरका तीन जना लोकसेवामा नाम निकाल्न सफल भएकाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा सुखिपुर नगरपालिका वडा नम्बर – ४ बस्ने सुखिपुर नगरपालिकामा कर्यरत शिक्षा अधिकृत भरोषि यादव , सोही नपा वडा नम्बर – ६ निवासी खरिदार रामकुमार यादव र वडा नम्बर – ५ निवासी खरिदार प्रदीप यादव सम्मानित भएको थियोे । अनुसन्धान , शैन्य , प्रहरी जवान र खरिदारको तयारी कक्षामा सुखिपुर नगरपालिका करिब ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको जानाईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्