बलानबिहुल गाउँपालिकामा निशुल्क पशु शिविर
Advertise Here Book Now

संजय विश्वकर्मा लहान ३, चैत्र । सप्तरीको बलानबिहुल गाउँपालिकामा आज एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशु सेवा शाखा मल्हनियाको आयोजनामा शिविर भएको पशु शाखा अधिकृत नथुली मण्डलले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयान्नद गोईतको प्रमुख आतिथ्यमा भएको शिविरमा सयौंको संख्यामा पशुहरु स्वास्थय जाच भएको थियोे । वडा नम्बर ३ को मौवाहा चौक , दुधैला टोल र टिकुलिया टोलमा शिविर संचालित शिविरमा अनुभवी पशु चिकित्सक द्वारा पशुहरुको स्वास्थय जाच गरिएको थियोे । वडा नम्बर ३ को वडा अध्यक्ष कप्लेश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखा अधिकृत मुसहरु साह , बोदेबरसाईन नगरपालिका पशु विकास अधिकृत अर्जुन प्रसाद यादब , लेखापाल कमलेश कुमार साह , योजना प्रमुख रमेश मरिक यादव , प्राविधिक कुलानन्द चौधरी , भोगेन्द्र यादव , बिभेश कुमार यादव , शिवकुमार चौधरी, वडा नम्बर ३ का वडा सचिब अन्न्तलल खवास , कार्यपालिका सदस्य हरि राम , प्राविधिक बृजेश कुमार झा , चित्र रन्जन यादव , सिताराम शर्मा लगायतको रोहवरमा कार्यक्रम भएको थियोे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्