डिएसपी शरत कुमार थापाको अर्को धमाका लहानको विभिन्न ठाउँ ठाउँमा हजारौं लिटर घरेलु मदिरा नष्ट
Advertise Here Book Now

चैत्र ३ । लहानको विभिन्न ठाउँ ठाउँमा हजारौं लिटर घरेलु मदिरा नष्ट धनुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालन गरेको छ । मदिरा विशेष अभियानअन्तर्गत जिल्ला सिरहाको लहान नगरपालिका भरिमा २४ वटा मदिरा बनाउने मेसिन, करिब ४ हजार लिटर धरेलु मदिरा , २ हजार लिटर कच्चापदार्थ, १७ वटा मदिरा बनाउने भाडो र १ थान पानी तान्ने मोटर सहित नष्ट गरेको डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिनु भयो । लहान प्रहरीले गाउँ घरमा रहेको घरेलु मदिरा विशेष नियन्त्रण अभियानअन्तर्गत भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत कुमार थापाले बताए । आजसम्म धनुषामा मदिरा सेवनबाट १६ जनाको मृत्युु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्