भन्सार कटाउन लग्दै गरेको दुई ट्रक प्याज प्रहरीले नियन्त्रणमा लिए
Advertise Here Book Now

चैत ४ सिरहा - । भन्सार कटाएर वैधानिक रुपमा भित्रयाउन लागिएको दुई ट्रक प्याज राजविराज भन्सार कार्यालय नजिकबाट जवरजस्ती प्रहरीले नियन्त्रणमा लिएको एक व्यपारीले आरोप लगाएका छन् । सिरहा जिल्लाको लहानमा सोहेल टे«डर्स सञ्चालन गर्दै आएका रामनारायण सिंहले वैधानिक रुपमा भित्रयाउन लागेको दुई ट्रक प्याज प्रहरीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्ही स्थित राजविराज भन्सार कार्यालयदेखि करिब ५ सय मिटर पूर्वबाट प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाएका हुन ।भन्सार कार्यालय तर्फ जाँदै गर्दा गत शनिबार राति १० बजेतिर इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमल लुङ्गेलीले ना.४ ख. ३९७४ र बीआर ०६ एज ७७२३ नम्बरको ट्रक नियन्त्रणमा लिएको घटना र बिचारलाई बताए ।
नेपाली मालवाहक ट्रकमा एक सय ३५ बोरा र भारतीय नम्बर प्लेटको ट्र्रकमा ५५ बोरा प्याज रहेको र सो प्याज भारतको विहार राज्यको अररीया जिल्लाको फरवीसगंज बजारबाट भेजिटेबल मर्चैन्ट एण्ड कमिसन एजेन्ट प्रदिप कुमार गुप्ताबाट खरिद गरि ल्याएको विल देखाउँदा समेत जवरजस्ती प्रहरी निरीक्षक लुङ्गेलीले नियन्त्रणमा लिएको उनले आरोप लगाएका छन् ।प्रहरीले नियन्त्रणमा लिएको ट्रक र नेपाली ट्रकका चालक गौर बहादुर बस्नेतलाई गत आइतबार (चैत्त १गते) भन्सार कार्यालय बुझाएको उनले बताए । सोही दिन सोही बाटोबाट पिकअप भ्यानमा ६७ प्याकेट लसुन भन्सार कटाएर लगेको समेत उनले बताए ।
दुई ट्रकमा लोड गरिएको प्याज र ट्रक चालकलाई प्रहरीले छानविनका लागि आईतबार भन्सार कार्यालयमा बुझाएको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी दीप बहादुर कटुवालले पुष्टि गर्दै भन्सार कटाउन ल्याउन लागिएको प्याज प्रहरीले नियन्त्रणमा लिई भंसारमा बुझाएको बताए । सोहेल टेर्डसले भन्सार कटाएर नियमित रुपमा मालसमान ढुवानी गर्दै आएकाले वैधानिक तरिकाले लग्न लागिएको प्याजलाई आफूहरु बुझ्न नमानेपनि जबरजस्ती प्रहरीले बुझन बाध्य पारेको समेत उनले बताए । प्रहरीले बुझाएको प्याज उपर आवश्यक छानविन गरी प्रहरीले साँक्षी राखेकाहरु र ट्रक चालकसमेतको बयान लिई वैधानिक ठहरिएमा प्याज फिर्ता हुने जानकारी समेत उनले दिए ।
यता इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमल लुङ्गेलीले कुनौली बोर्डर देखि हनुमाननगरतर्फ प्याज लैजाँदै गर्दा बीच बाटोबाट ट्रक नियन्त्रणमा लिएको दावी गरेका छन् । नियन्त्रणमा लिएको ट्रक र प्याज जिल्ला प्रहरी कार्यालय सप्तरीमा नबुझाई सिधा भन्सारमै किन बुझाएको भनी घटना र बिचारको जिज्ञासामा जिल्लाको प्रहरी प्रमुखकको निर्दैशनमै उक्त प्याज भन्सार बुझाएको उनले बताए ।
जिल्ला भित्र रहेका प्रहरी चौकी, इलाका प्रहरी कार्यालयसहितका प्रहरी युनिटहरुले नियन्त्रणमा लिने गरेको भन्सार छलीका सामानहरु जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाउने गरेको र जिल्ला प्रहरी कार्यालयले छानविन र कारवाहीका लागि भन्सार बुझाउने गर्दछ । तर यो प्याज प्रकरणमा भने इलाका प्रहरी कार्यालय हनुमाननगरले सोझै प्याज भन्सार बुझाउनु र सो प्याजको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीहरुलाई सूचना प्रभाह नगर्नुले पनि शंका उब्जाएको छ । पाँच दश किलो चिनिलगायतका खाद्यय सामग्री पक्राउ गर्दा सूचना प्रवाह गर्ने सप्तरी प्रहरीले दुई ट्रक प्याज नियन्त्रणमा लिँदा सूचना लुकाउनु आफैमा सहस्यपूर्ण छ ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्