जन्म दिन मनाउन समाज बादी पार्टीका राष्ट्रिय अध्यक्ष : सिरहाको लहानमा
Advertise Here Book Now

महेश सिंह सिरहा ११ चैत - समाज बादी पार्टी का अध्यक्ष केन्द्रिय ओपेन्द्र यादव ले पार्टीका युवा नेता ललित नारायण महतोको ३बर्शिय छोरा रोहन कुमार सिंहको जन्म दिन मनाउन सिरहाको लहान आउनु भएको थियोे । २०७३-१२-८ गतेका दिन बिराटनगरको कोसी अञ्चल अस्पतालमा आमा रिंकु कुमारी महतोको गर्भबाट अप्रेसन गरेर जन्मिएका रोहनका जन्म दिन मनाउन दर्जनौं केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । युवा नेता ललित नारायण महतो हाल समाज बादी पार्टीको प्रदेश न.२को प्रदेश सभा, क, क्षेत्र न.१को उपाध्यक्ष रहनु भएका महतो ले मधेस र मधेसी प्रतिको मुद्दाहरु प्रति सदैब अवाज उठाउने गरेका महतोको दुई छोरी भुमिका कुमारी महतो ,आशिका कुमारी महतो र एक छोरा रहेका छन ।समाज बादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा नेपाल सरकारको पुर्व उपप्रधानमन्त्री ओपेन्द्र यादव र प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव ले केक काटेर रोहन को जन्म दिन मनाएका हुन् । महतोले छोरा रोहनको जन्मदिनका उपलक्षमा दिवा भोजको समेत आयोजना गरेका थिए । कार्यक्रम पार्टीका नेता तथा पुर्व मन्त्री राज लाल यादव ,पुर्व मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी ,पार्टीका जिल्ला अध्यक्ष अशोक यादव , केन्द्रिय सदस्य तथा चर्चित नेता राज कुमार राजु गुप्ता जिल्ला उपाध्यक्ष तथा लहान नगरपालिका ७ का वाडा अध्यक्ष राकेश रोशन गुप्ता , पार्टीका चर्चित नेता तथा पार्टीका लहान नगर अध्यक्ष दिनेश महतो लहान नगर पालिका वाडा न. ८ का अध्यक्ष बिजय कुमार महतो ,लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा , युवा नेता प्रमोद कुमार महतो, नेता रामु महतो, समाज बादी पार्टी की नेत्री ललिता दास बिद्रोही लगायतका केन्द्रिय नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय अध्यक्ष यादवले रोहन कुमार सिंह लाई जन्म दिनको बधाई तथा सुभ कामना ब्यक्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्