लकडाउन भएपछि सिरहामा गाउँघर सुद्धा सुनसान
Advertise Here Book Now

संजय विश्वकर्मा लहान १४, चैत्र । कोरोना विरुद्ध सरकारको लकडाउन अभियानलाई सफल बनाउन युवाहरू लागिपरेको छ । लहान नगरपालिका वडा नम्बर- २२ सिसवनी टोलका युवाहरु सो अभियानमा जुटेको हो । सिसवनी युथ क्लबका युवाहरुको एक टोलिले गाउँमा गाई जनचेतना दिई रहेको निशान्त चौधरीले जनाए । कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक पर्चापम्पलेट , माईकिङ्ग , गरिरहेको उनले बताए । गाउँको सार्वजनिक स्थलमा साबुन पानी को ब्यवस्थापन गरिएको छ भने अपरिचित ब्याक्तीलाई गाउँ प्रवेश गर्न निषेध गरिएको छ । शहर बजार भन्दा गाउँघरमा मानिसहरूको आवतजावत खुल्ला रहने गरेकोले सो नियन्त्रण गर्न युवाहरु आफै जागरुक भएको अर्का एक जना रामकुमार चौधरीले जानकारी दिए । प्रशासन ,नगरका कर्मचारी , नगर प्रहरी , नेपाल प्रहरीहरु शहर केन्द्रित मात्र रहने गरेकोले गाउँघरमा छाडा रुपमा मान्छेहरु घुम्ने गरेको हुँदा आफ्नै सक्रियतामा मानिसको भिड नियन्त्रण गर्न गाउँलाई समेत लकडाउन गरेको हो । लकडाउन भएपछी गाउँ सुनसान देखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्