लक्ष्मणजीको कविता: बदलिएको संसार
Advertise Here Book Now

लहान २० चैत । वनयाँ बिहेबाट बुवालाई, मिल्छ नयाँ सौगात छोरोले सोध्छ बुवालाई, के होतेरो औकात। पानी आँखाको मरेको, मरेको शरम-लाज भन्छिन् बुहारीले सासुलाई, घरमा मेरो राज भाइले पनि भाइमाथी, गर्दैन विस्वास दिदिबहिनी पराइ भयो, साली खासमखास मन्दिरमा पुजा गर्छन्,। घरमा गर्छन् कलेश बुवाआमा बोझ लाग्छन्, पत्थर लाग्छ गणेश बाचेको अब कहाँ छ र, दया, धर्म, ईमान? पत्थरको भगवान छ। पत्थर दिल इन्सान पत्थरको भगवानलाई, लाग्छ छप्पन भोग मरिहाल्छन फुटपाथमा, भोक तिर्खाले लोक फैलिएको छ पाखन्डको, अन्धकार सब ओर पापी गर्छन् जागरण, गरि जोड्ले शोर लगाएर मुखौटा धर्मको, गर्छन् दिनभर पाप भन्डारा गर्दै हिड्छन, तर छैन नियत साफ छ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्