संगम होटल संचालक चौधरीलेको एक टोलीले निशुल्क खाजा खुवाईयो
Advertise Here Book Now

संजय विश्वकर्मा लहान ८, बैशाख । विश्वमहामारी कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीका लगाी सिरहाको लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक जना निम्न परिवारका सदस्यले निशुल्क खाजाको ब्यबस्था गरेको छ । लहान – १२ भोटीयाटोल चौकमा संगम होटल संचालन गर्दै आईरहनु भएका सियाराम चौधरीले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार बिहान देखी दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको चौधरीले बताए । सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए । नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानिय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा खुवाईएको हो । यसैबिच सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ६ श्रीपुरका समाजसेबीहरुले पनी आफनो निजि लगानीमा चना , च्युरा , तरकारी लगायत खाजाको ब्यबस्थापन गरेको छ । राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य एवम राजपाबाट सुरुङ्गाा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी उम्मेदबार शंकर प्रसाद चौधरायनको एक टोलीले निशुल्क खाजा र पानीको ब्यबस्था गरेको हो । यात्रिहरुका लागी साबुन , सेनीटाईजर , स्वास्थ्य परामर्श लगायतका सुबिधा समेत दिईएको हो । समाजसेबी अनुराग विश्वकर्मा , प्रितम चौधरी , प्रथम विश्वकर्मा , मनोज विश्वकर्मा , रबिलाल चौधरी , स्वास्थ्यकर्मी लालबहादुर चौधरी क्युपेक नेपालका केन्द्रिय सदस्य रामकृष्ण चौधरी , सवल नेपालका राधेश्याम राम लगायतको बिशेष सहयोगमा राहत स्वरुप खाजा पानी र स्वास्थ्य परामर्श सेवा दिईएको जनाईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्