लकडाउनको मौका छोपी सिरहामा लैजादै गरेको ३६ कार्टुन अबैध सोफी मदिरा बरामद
Advertise Here Book Now


राजेन्द्र महतो लहान बैशाख ६ गते। कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला लकडाउन को मोका छोपी सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराज पुर गाउँ पालिका -५दशगजा बोर्डर ईलाका कुसन्डी स्थित नेपाल बाट भारत तर्फ तस्करहरु ले टाउको मा बोकी अबैध रुपमा लैजादै गरेको ३६ कार्टुन सोफी मदिरा सशस्त्र प्रहरी बल नेपाल ले बरामद गरेको छ। शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका डि एस पी प्रेम रावल को कमाण्ड्मा खटिएको गस्ती टोलीले नवराज पुर गाउँपालिका -५दशगजा बोर्डर ईलाका कुसन्डि स्थित तस्कर हरुले टाउकोमा बोकी राती 2:30 बजे खेत हुँदै नेपाल बाट भारत तर्फअबैध रुपमा लैजादै गरेको ३६ कार्टुन मदिरा (सोफि) सशस्त्र प्रहरी ले बरामद गरेको हो। तस्करहरु प्रहरी टोलि लाई हेर्ने बितिकै टाउको वाट मदिराको काटुन फालेर फरार भएको सशस्त्र प्रहरी ले बताएका छन। बरामद गरेको अबैध मदिरा आबशयक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा, ठाडी सिरहा मा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा, सिरहाका एसपी प्रवीण कडेँलले बताएका छ्न।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्