क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग
Advertise Here Book Now

महेश सिंह लहान २८ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन ब्यबस्थापन गर्नका लागी क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग गरेका छन । सेभ द चिल्ड्रे र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो । मसिलाल जनता मा.बि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेको क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् ।नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको ले लकडाउन गरेको हो। नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्