सिरहाको कल्याणपुर नगरपालिकामा लाम खुटे मार्ने औषधी छर्दै
Advertise Here Book Now

महेश सिंह सिरहा ५ बैशाख - सिरहाको कल्याणपुर नगरपालिकामा लाम खुटे मार्ने औषधी छर्ने काम सुरु भको छ् । गर्मी याम बढे संगै झिगा, लाम खुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदिको नजिकै पर्ने गाउँहरुमा लाम, खुटे, झिंगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखी छ। गाउँको नजिकै कमला नदि रहेकोले राती सर्प , झिंगा ,लाम खुटे लगायत अनेकौं प्रजातिका किराहरु भेट्ने गरेको स्थानीयहरुको भनाई छ। साझ पर्ने बितिकै उक्त किसिमको किराहरुको जोखिमको मुखा बस्दै आएको छु पीडितहरुको भनाई छ् । कल्याणपुर नगर पालिका भित्र रहेका ५ र ६ नम्बर वडा अति चपेटाको मार्म परेको बताउ छन् । यो वडा भित्र पर्ने गाउँहरु चिकना, भोकराहा , निर्दाना ,बिश्न्पुरपरारा लगायत गाउँ अति जोखिममा रहेका छन् । उक्त गाउँहरुको चारैतिरबाट नदिले नै घेरिएको देखिन्छ । गाउँको पश्चिम्मा कमला नदि , पुर्व बतहा नदि ,दक्षिणमा भेडवा खोला र उतरमा कमला र भेडवा खोलाको चपेटामा छन् । वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र यादवले ब्यक्तीगत आर्थिक सहयोगमा उक्त जोखिमलाई उन्मुलन गर्न करीब २ दुई हजार प्याकेट रिभिबल नाम गरेको औषधी छरेको यस्तोको प्रतिक्रिया राम्रो रहेको दिपेन्द्र यादवले बताए । वडा नम्बर ५ मा आठ सय पचास घरधुरी र वडा नम्बर ६ तिन सय पचास घरघुरीमा छर्ने काम गरेको छ । स्थानीय समाज बादी पार्टीका युवा नेता तथा गाउँपालिकाको वडा प्रत्यासी बिशेश पललमा औषधी छर्ने काम भएको छ। गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् । कल्याणपुर नगर पालिका का मेयर सुर्यनाथ मंडलको नगर पालिकाबाट अर्थिक सहयोग न रहेको कुशेश्वर साहले जानकारी दिनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्