विपन्नवर्गलाई राहत दिन मनकारी महेश र संगिता भोटीयाटोल पुगे
Advertise Here Book Now

महेश सिंह सिरहा २३ , बैशाख बिश्वमहामारी (कोभिड १९ ) कोरोना प्रभावित विपन्न वर्गलाई राहत दिन समाजसेवी महेश चौधरी र संगिता कर्माचार्य आज भोटीयाटोल पुगेका छन । सामाजिक संजाल र अनलाईनमा आज भोली चर्चामा आएका यि जोडी मंगलवार सिरहाको लहान नगरपालिका वडा नम्बर – १२ भोटीयाटोलका ४० बिपन्न घरपरिवारलाई राहत दएको छ । नेपाल ईन्सयोरेन्स लहानका प्रमुख नागेन्द्र साह , सलहेश फुलवाडी ईङ्गलिस वोडिङ्ग स्कुलका प्रिन्सिपल शिवकान्त चौधरी , एपलो ऊँ ईङ्गलिश बोर्डिङ्ग स्कुल लहान , युवा नेता भिखन चौधरीको बिशेष सहयोगमा अति विपन्न परिवारहरुलाई राहत सामग्री दिईएको हो । त्यहाँ खानेपानी र बिजुलीको समस्या रहेको उनले बताए । पाहाडै पाहाड प्रकृतीको हिसाबले रमाईलो ठाउँ हो , बिकासका पुर्वाधार नपुगेपछी त्याहाँका जनताहरु बढी लकडाउन प्रभाबित भएको उनले सुनाईन । बिपन्न परिवारलाई दैनिक छाक टार्न धेरै नै समस्या रहेको भन्दै त्यहाँ दोस्रो चरणको राहत दिने तयारी समेत गरेको समाजसेबी महेश चौधरीले बताएका छन ।राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन प्रदान गरेको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १३, १४, १६, १७, २४ लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ । राहत दिने क्रममा अनुभव सुनाउदै नेपाल महिला संघ कि केन्द्रिय सदस्य समेत रहेकी संगिता कर्माचार्यले वडा नम्बर १६ का बिपन्न परिवारहरु धेरै नै आर्थिक संकट भोगीरहेको सुनाईन । सहयोगी मनहरु र स्थानिय सरकारलाई त्यहाँ पुग्न युगल जोडीले आग्रह गरेका छन । बिपत्तको बेलामा कोई बिपन्न परिवारलाई दैनिक छाक टार्न समस्या परेको खण्डमा सिधा हामी दुई जोडीलाई सम्पर्क गर्न उनिहरुले आग्रह समेत गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्