लहानका समाज सेबिहरु बिपन्न परिवारलाई राहत दिनमा अग्रसर हुदै
Advertise Here Book Now

महेश सिंह सिरहा ३ जेष्ठ - सिरहाको लहान नगर पालिका वडा नम्बर ११ लक्षमिनिया ,पिर्बोनी र पडरियाममा राहत वितरण गरेको छ । नेपाली कांग्रेसको वडा अध्यक्षको प्रत्यासी उमेदवार सुर्य नारायण चौधरीको विशेष पहलमा २०० सय घर धुरी बिपन्न बर्गलाई राहत वितरण गरेका छन् । नेपाली काङ्ग्रेसले गरिबको भावना बुझी १० कुईनटल चामल सहयोग गरेको हो। विभिन्न मनकारी दाताहरुको सहयोगमा राहत वितरण भको समाज सेबि महेश चौधरीले बताए । राहत उपलब्ध गराउने दाताहरुमा आयन कन्ट्क्सन को प्रतिनिधी दिपेन्द्र ठाकुरले स्वर्गीय गंगां प्रसाद ठाकुरको स्मृति दिनको मध्य नजर गर्दै कोरोना प्रभावित परिवारलाई राहत वितरण गरेका हुन् । राहत उपलब्ध गराउनेहरुमा आयन कन्ट्रक्सन प्रालि लहान सिरहा ,समाज सेबि अजय कुमार चौधरी , सहमिलको संचालक दसन चौधरी , बच्कुन चौधरी , समाज सेबि रामचन्द्र शाह , चम्पा चौधरी , सतोनी देबि चौधरी लभ कुमार के.सी. , पशुपति चौधरी लगायतका एक मनकारीहरुको समुहले खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।
राहत सामग्रीमा प्रति परिवार चामल १० किलो ,दाल १ किलो ,आलु २ किलो , नुन १ पोका ,खाने तेल आधालिटर , मस्यौउरा स्वाईबिन एक पाउ ,माक्र्स ४ पिस वितरण गरेको समाज सेबि अजय चौधरी ले जानकारी दिनु भयो । स्थानीय सरकार र प्रदेश सरकारले वितरण गरेको राहातमा छुट्टेको परिवारलाई विशेष प्राथमिकता दिई कोरोना भाईरस तथा लकडाउन बाट प्रभावित गरिब असाहाई , अपांग एकल महिला र ज्याला मजदुरी गर्ने बिपन्न समुदायलाई राहत वितरण पाएका हुन् ।विपन्न परिवारलाई राहत वितरण गरिरहँदा सबै खुसी अनुभुति गरिरहेका थिए ।
हामीले यो राहत वितरण गर्ने अभियान लहान नगर पालिका ११ बाट सुरु गरेका छौँ यस्लाई हामी घर - घरमा प्रशिक्षण सहित लकडाउन अबधि भरी जारिनै राख छु नेपाली काङ्ग्रेसका युवा नेता तथा वडाका प्रत्यासी सुर्य नारायण चौधरीले जानकारी दिनु भयो । राहत पाउने एक पीडित भन्छ यस्तो समाज सेबिहरु नेपाल र हाम्रो लहान अरु भयो भने हामी जस्तो गरिब गुर्वा कहिले भोकै मर्दैन बताए राहत उपलब्ध गराउने दाताहरुलाई धन्यवाद दिनु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्