सिरहामा लागु औषध सहित एक युवक पक्राउ
Advertise Here Book Now

सिरहा, असार ७ गते । सिरहामा लागू औषध सहित एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिको वडा न. १७ बस्ने कुशेश्वर कारकका २१ बर्षय छोरा बिक्की कुमार कारक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रबक्ता बिनोद घिमिरेले जनाएको छ ।
पक्राउ परेका कारकको बिक्की मोटर साईकल वर्कसपमा खानतलासी गर्दा पुरानो मोटरसाईकलको डिकी भित्री लुकाई छिपाई राखिएको लागु औषध डाईलेक्स डि.सि. १०० ml.को ४४ बोतल, PHENSERLTM १०० ml को ३ बोतल र Replin १००ml को १३ बोतल गरी जम्मा ६० बोतल 
लागु औषध सहित बिक्की कुमार कारकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले
जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्