गरिबको भावनामा डुबेको अभियान्ता जोडीलाई समानिनिशि
Advertise Here Book Now

महेश सिंह सिरहा ७ असार - सिरहाको लहानमा युथ एकटिभ्स नामको युवाहरुको एक संग गठनले महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई सम्मान गरेको छ । युथ एकटिभ्स कलबका अध्यक्ष नरेश जंग साह र गौरब साहको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि राहत अभियान्ता महेश चौधरी रहनु भएको थियो भन्ने विशिष्ट अतिथिमा नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्य रहेका थिए । अर्को विशिष्ट अतिथि मा नेपाल विद्यार्थी संघका पुर्ब सह महामन्त्री प्रमेश्वर साहले अभियान्ता जोडीलाई राम्रो कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । अतिथिहरुमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति मो. मुस्ताक ,रहनु भएको थियो भन्ने कार्यक्रम संचालन युवा नेता संजय यादवले गरेका थिए । एक युवा नेता ले मन्तब्यकै क्रममा भने जहाँ पुगदैन नगर त्यहाँ पुगछ्न म.स जोडी उनले बताए । कार्यक्रममा नेपाल नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको समेत उपस्तिथि रहेको समाज सेबि महेश्वरी चौधरीले बताउनु भयो । लकडाउनको मारमा परेका र रोजगारी गुमाएका मजदुर र बिपन्न परिवारको अभिवाको जिम्मेवारी झैँ समस्या टाल्दै आएको महेश र संगीताको जोडीलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । चैत ११ गते देखी नेपाल भरि लकडाउन भएको तिन महिनाको अबधिमा आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर गरिब ,बिपन्न परिवारको घर- घरमा गई दिन दुखीहरुको समस्या बुझन गाउँ- गाउँ पुगेका थिए। लहान नगर पालिकाका २४ सै वडाका,एकल महिलाक्क,असाहाई ,वृद्धहरुको सहारा बन्दै आएका थिए । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभीड १९ को माहामारीबाट ज्याला मजदुरी गुमाएका विभिन्न परिवारलाई सहारा बन्दै गरेका हुन् । बिगत तिन महिना देखि निरन्तर अन्नदान दान गर्न दिन चर्या नै बनाएका छन्। नेपाली काङ्ग्रेसका माहांसमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्थामिलाएका छन् । निरन्तर ब्यक्ती गत रूपमा राहत सहयोग गरेका समाज सेबि महेश र संगिता की जोडीले समाजका ऐना बनेका हुन । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाउँ चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने वहाँले बताउनु भयो । अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेको छ् । राहत बाडन जादा उनिहरुको काम हेरे समाजले गाउँ - गाउँ र टोलमा जहाँ गए तेहि सम्मानित भएर घर फर्किन्छ । यि जोडीलाई सबैले धन्यवाद दिन्छ । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागी सहयोग गर्न कहिले पछाडि न हटने श्रीमान ,श्रीमतीले प्रतिबध हुनु भयो ।हामी दुई जना श्रीमान र श्रीमतीले बाचुन जेल सम्म मानब सेवा मै बेतित हुन्छौं बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्