योजना बध तरिकाले हत्या गरेर युबतीको लास आंपको बगैचामा भेटियो
Advertise Here Book Now

महेश सिंह सिरहा ३० जेठ – सिरहाको नबराजपुर गाउँ पालिका २ मझौरागाउँमा बिहिवार एक युबतीको सब झुन्डिएको अबस्थामा फेला परेको छ् । नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको छ । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताउनु भयो । आमा प्रमिला देबि महतो र बुवा राम ओतार महतोको भनाई अनुसार आफ्नो छोरी गाउँका केटाहरु संग अनितिक शारीरिक सम्बन्ध र पल्केको छ भने आफुलाई केहि थाहा नभएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेकटर अरबिन कुमार साह समक्ष ब्यान घटना स्थलमा दिईएका थिए । छोरी हराको जानकारी दिन सिमा प्रहरी चौकी झाझ पटि पुगिन लागदा फोन मार्फद घर आउन जानकारी पाए। वडा नम्बर २ का अध्यक्ष खुशिला ल साहलाई गोप्य सुचना आएको एक जना युबतिको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको छ भने सुचना पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले मारेर आंपको रुखमा झुन्डियाईएको देखिन्छ । बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको महतोको भनाई छ । गाउँकै केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् । गाउँका पाँच जना केटाहरुको नाउँ खुल्नमा आएको मोबाइलमा गरेको कुराकानीको भोवाईस रेकर्ड प्रमान समेत फेला परेको उनको आफन्तले पत्रकार लाई जानकारी बताउनु भयो । हत्या कस्ले गरेको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो । सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको छ । सब पोस्टम्यारटम पछी परिवारको जिम्मा लगाउने प्रहरीले जानकारी दिनु भयो । हाम्रो समाजमा चेलीबेटी माथी यस्तो घटना पुनः नहोस भनेन दोसिलाई कार्बाहिको माग गरेको छ । हाम्रो समाजमा महिला माथी भइरहेको हिंसा र बिकृती कहिले अन्त हुन्छ भन्ने गाउँका एक बुद्धिजिबिले बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्