पत्रकार महासंघको बैठकले गरेका निर्णयहरु
Advertise Here Book Now

alt
संजय विश्वकर्मा लहान ३०, आसार । नेपाल पत्रकार महासंघ शाखा सिरहाको सोमबार आकस्मिक बैठक सम्पनन भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षता र केन्द्रिय सदस्य देबकुमार यादबको प्रमुख आतिथ्यमा सिरहा सदरमुकामको जिल्ला शाखामा बसेको उक्त बैठकले तपसिल बमोजिमको निर्णयहरु गरेको छ । निर्णय नम्बर – (१.) जिल्लाका पत्रकारहरुको सिप र क्षमता अभिबृद्धी गर्न जिल्लाका १७ वटै स्थानिय तह लगायत सरोकारबाला संग समन्वय गरी माहासंघको आयोजनामा तालिम संञ्चालन गर्नको लागी स्थानिय तहहरुमा प्रस्ताब पेश गर्ने । (२.) जिल्लाका बिभिन्न मिडियाहरुमा प्रसारित , प्रकाशित बिज्ञापनमा एकरुपता ल्याउनका लागी जिल्लाका स्थानिय तहको प्रमुख लगायत सरोकारबालाहरु संग एक दिने अभिमुखिकरण ÷ अन्तरक्रिया गर्ने । (३.) नेपाल पत्रकार महासंघ जिल्ला शाखाका साधारण सदस्य रहेको गोपाल प्रसाद गुप्ता रैनियारले पत्रकार आचार संहिता बिपरितका क्रियाकलाप गरेको लगायत अबैधानिक गतिबिधिहरुमा संल्गन रहेको उजुरी माहासंघमा आएकाले स्पस्टिकरणका लागी ७ दिनको समय अबधी तोक्ने । (४.) जिल्लाको कार्य – समिति संग समन्वय गरेर जिल्ला शाखामा आबद्ध महासंघको सदस्यहरुले साउन महिनाको अन्तिम सम्ममा अनिबार्य सदस्यता नबिकरण गर्नुपर्ने, नबिकरण शुल्क महासंघको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गर्ने , भौचर महासंघमा पेश गर्ने । (५.) सिरहाको बिष्णुपुर गाउँपालिकामा महासंघको भवन निर्माण गर्नका लागी गाउँपालिका अध्यक्ष जागेश्वर यादबको बिशेष सहयोगमा करिब डेढ कठ्ठा ऐलानी जग्गा दिएको साथै आगामी आर्थिक बर्षमा भवन निर्माण गर्न गाउँसभा बाट ५ लाख रकम बिनियोजन गरेकोले जिल्ला शाखाले गाउँपालिकालाई धन्यबाद दिने लगायतको निर्णय गरेको महासंघका कोषाध्यक्ष मनोज बनैताले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्