खाद्य संरक्षणको लागि करार खेती, लिबर्डले मुसहरहरुको जीवन परिवर्तन
Advertise Here Book Now

दिनेश्वर गुप्ता । नवसंग्राम दैनिक  लहान, ५ जेठ । ‘मन नै छोटो हुंदैन’ ‘लिबर्ड संस्थाले उपलब्ध गराएको तरकारी विउले खेती गर्न उत्साह बढेको छ ।’ यो कथन सिरहाको भगवानपुर १ निवासी रामविलास सदा हो । सदा अगाडि थप्छन्—‘तरकारी अत्ति धेरै उब्जे की फाल्मफाल भइरहेको छ ।’ ‘तर, ‘उचित मूल्य नपाएर समस्या भएको छ ।’ 
भगवानपुरमा ४० घरधुरीका मुसहर परिवारले करार खेती गरिरहेका छन् । प्रति एक परिवारलाई २ कठ्ठाको जग्गा उपलब्ध गराएको छ । त्यो खेती जग्गाको लागि केयर नेपाल र राष्ट्रिय कृषक समूहले तीन बर्षको लागि रकमको व्यवस्थापन गरिदिएको हो । मुसहर समुदायलाई आत्म निर्भर बनाउंन पछि उनीहरुले खेती जग्गाको रकम आफ्नै तरिकाले व्यवस्थापन गरिने भएको छ । तरकारी खेतीलाई निरन्तरन्ता दिन यस बर्ष भगवानपुर गाउंपालिकाले एक लाख सहयोग गरेको छ । रामरति सदाय भन्छीन्—‘यो दूई कठ्ठा खेती जग्गाले आफ्नो बुद्धि खोलिदियो ।’ ‘यो भाग्यले आएको जस्तो भएको छ ।’‘ यो संस्थाले मार्ग दर्शनको रुपमा हामीलाई ल्याऔं ।’‘पहिले सुतेर उठ्दा जनवैनको खोजी गर्थे ।’‘अहिले आफ्नो खेतीबारीबाट फुर्सत भए मात्रै अरुको काममा जान्छु ।’ Image may contain: 1 person, standing, plant, tree, outdoor and natureखाद्य सुरक्षाको मुख्य आधार कृषि धरापमा पर्दै गएपछि यो परियोजना भगवानपुरमा लागु गरिएको हो । वन क्षेत्र विनाश तथा मरुभूमीकरणका कारण कृषि उत्पादन क्रमशः घट्दै जाने क्रमले भोकमरी र अनिकालको सम्भावना देखिएपछि सिरहाको भगवानपुरलगायत २६ वटा वडामा यस्तो समस्या छ । भगवानपुरमा १० बर्षको लागि एक साहुबाट ४ विघा जग्गा लिएर मुसहरहरु करार खेती गरिरहेका छन् । साहुको जग्गा कैयौ बर्षदेखि पर्तिपरात थियो । अहिले खेती हुन थालेपछि हराभरा भएको छ । बार्षिक प्रति कठ्ठा २२ सय रुपैयां तिर्दै आएको छ । ४ बर्षदेखि गठन गरिएको दलित महिला कृषक समूहकी चम्पा सदाय भन्छीन्—‘दलितलाई शिक्षा र सुरक्षाको आवश्यकता छ ।’‘ यसले धेरै नै सहयोग पुगेको छ ।’ ‘बचत गर्न बानीको विकास पनि भएको छ ।’‘बचत रकमबाट विउविजन र औषधीमा प्रयोग गर्छु ।’ उनीहरु कृषि उत्पादनबाट भएको आम्दानीबाट समूहमा कोष खडा गरेको छ । प्रति महिना कोषमा रकम जम्मा गर्दै आएको छ । तरकारीलगायत उनीहरु धान खेती समेत गर्दै आएको छ । रैथाने माछा संरक्षण र चाडै बृद्धि हुने गरेकोले लिबर्डको सहयोगमा त्यस समुदायमा सिमेन्टको माछा पोखरी ८ वटा व्यवस्थापन गरिएको छ भने खेतीको लागि सोलार दमकलको व्यवस्था गरिएको छ । धान र तरकारीसम्म सिंचाईको व्यवस्था गर्न डेलेभरी पाईपको समेत व्यवस्था गरिएको छ । त्यहां २ महिनामै राम्रो उत्पादन गर्न सकिने सुख्खा २ र ३ धान फलाउंदै आएको छ । सुख्खा २ र ३ धान उत्पादन गर्दा किरा र रोग नलाग्ने, फल नकुहिने, कम पानीमा बढी उत्पादन हुने, कम मलखाद्यले विषादी प्रयोगमा समेत न्यूनिकरण भएको छ । उनीहरु सिजन अनुरुप विउ पाएपछि फर्सी, लौका, करेला, भिण्डी, घिरौला, बोडीजस्ता तरकारी खेती गर्दै आएको छ । यस्तै कार्यक्रम भगवानपुर २ नहरा रिगौलमा संचालन रहेको छ । तीन बर्षसम्म केयर नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र लिबर्डको साझेदारीमा कार्यक्रम संचालन रहेको भएपनि स्थानीय संस्था निसाय सहयोग समितिमार्फत कार्यक्रम गर्दै आएको छ । त्यहां लक्ष्मीनारायण माछा कृषक समूह, लक्ष्मीनारायण महिला कृषक समूह र कृषक समूहको सक्रियतामा कार्यक्रम भइरहेको छ । भगवानपुर २ का वडा अध्यक्ष तेजनारायण चौधरी भन्छन्—‘कृषि उत्पादनमा वृद्धि भएको छ ।’ ‘दलित गरिबहरुमा आयआर्जन र बचत गर्ने बानी विकास भएको छ ।’‘एक पटक अझै यो कार्यक्रम थपेको भए भविष्य सार्थक हुन्थ्यो ।’ Image may contain: 14 people, people smiling, people sittingत्यहांका कृषकहरुलाई सुख्खा धानको विउ, तरकारीको विउ, गोवरग्यास प्लान्ट ६ वटा, कृषि सम्बन्धी तालिम, सिमेन्ट पोखरी ८ वटा, आंप, लिची, कागतीलगायतको विरुवा, जैविक विषादी सम्बन्धि तालिम, जलवायु अनुकुल योजना, खानेपानीको लागि ट्वेल, चार इन्चको स्यालो ट्वेल, मोटर ६ वटा, डेलेभरी पाईप, शितलहरबाट बाच्न कम्बल, झुल, पोखरी संरक्षणको लागि सरसफाई, बीमा,आयआर्जनको लागि बाख्रा पालन र बोकाको व्यवस्था गरिएको छ । त्यहां पनि चार विघामा करार खेती भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्