सिके राउत पक्राउ , प्रहरीद्वारा भिड हटाउन लाठी चार्ज
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,पौस १३ गते ।
महोत्तरीको जलेश्वरमा आईतवार सिके राउतको सम्बोधन कार्यक्रम रहेकोमा उहालाई बाटो बाटै पक्राउ गरिएको छ । जलेश्वरको दुर्गा चौकमा रहेको कार्यक्रमलाई सम्बोधन गर्न आउदा बाटोमा पर्ने पिपरा गाविसमा प्रहरी टोलीले पक्राउ गरेको छ । सुरक्षाको कारण देखाउदै पक्राउ गरिएका सिके राउतको समर्थनमा हजारौको संख्यामा जनता आएका छन । पक्राउ गरिएका सिके राउतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा ल्याउदा प्रहरी कार्यालय भन्दा सय मिटर अगाडि नै जनताले प्रहरकिो गाडी रोकेर राउतलाई छोडन नाराबाजी गरेका थिए । प्रहरी भ्यानलाई जिल्ला प्रहरी कार्यालय भित्र छिराउन प्रहरीद्वारा लाठी चार्ज गरिएको छ । राउत समर्थकबाट पनि केहिले ढुगाँ मुढा प्रहरी तिर फ्याक्दा आन्दोलनले तिब्ररुप लिएको छ ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्