पिके र आमिरलाई सामाजिक बहिष्कार गर्ने चेतावनी
Advertise Here Book Now
बलिउड अभिनेता आमिर खान को यतिबेला जताततै चर्चा चलिरहेको छ |उनको फिल्म पिकेले पनि राम्रै चर्चा बटुलेको छ |तर उनको फिल्म बिबादमा परेकोले भने हैरान भएका छन |फिल्मको पोस्टर रिलिज भएदेखि नै उनि बिबादित बन्दै आएका थिए यो क्रम फिल रिलिज हुदा सम्म रोकिएको छैन |
हिन्दु धर्मको अपमान गरेको भन्दै पिके र आमिरलाई समिजिक बहिस्कार गर्नुपर्ने कुरा समेत आईरहेको छ |द्वारीका पिठका शंकराचार्य स्वामी स्वरुपाचन्दले फिल्म बहिष्कार गर्न जनतालाई सार्वजनिक आव्हान गरेका छन। उनले फिल्मका विवादित दृश्यलाई नहटाए आमिर खानलाई देश भरीका सबै हिन्दुले बहिष्कार गर्ने चेतावनी दिएका छन्।फिल्मका देखाइएका दृश्यहरु नियोजित रुपमा राखिएको भन्दै आमिरको टिमले जानी जानी हिन्दु धर्मको अपमान गरेको बताए। त्यसैगरी अध्योयाका राम मन्दिरका पुजारीले फिल्मको विरोध गरेका छन्।
यस्ता फिल्म फेरि पनि बने हिन्दुहरुले सहन नसक्ने उनले चेतावनी दिए।आमिर खानले यस बारेमा केहि बोलेका छैनन् |जानी जानी हिन्दु धर्मको अपमान गरेपछि सहन गार्हो भएको हिन्दुवादी अगुवाहरुले बताएका छन |त्यस्ता बिबादित दृश्य हटाउन समेत उनीहरुले आग्रह गरेका छन |
-nepaljapan