‘मधेशमा छोरीबुहारीको मुख हेर्न गाह्रो, तर ‘चाक हेर्न सजिलो’
Advertise Here Book Now

डिपी गुप्ता
लहान । मधेशले राज्यको राजनीतिकमा जसरी प्रभाव पार्दै आएको छ । त्यसैगरी सरसफाईको सवालमा कमजोर देखिएकोले यसलाई सरसफाई आन्दोलनको रुपमा अघि बढाउंनु पर्ने सहरी विकास मन्त्री डा. नारायण खडकाले बताउंनुभयो । 
मधेश मधेशीले जसरी आप्mना भषा संस्कृति तथा सभ्यतासहित पहिचानको सवाल उठाइरहेको छ, त्यसैगरी घरघर टोलटोलबाट उठेर सरसफाई आन्दोलन तिब्र पार्दै पहिलो स्थानमा पुग्नुपर्छ आईतवार सप्तरीको कुशहामा मधेशतराई सरसफाई प्रबद्र्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री खड्काले सो कुरा बताउंनुभयो ।
मन्त्री खड्काले सबै भाषाभाषी संस्कृति पहिचानसहित पहाडि मधेशीको अधिकार सम्पन्नसहित संविधान आयोस् । यसको लागि सम्झौता सहमति गरेर नभएपछि प्रक्रियाबाट भएपनि माघ ८ मै संविधान जारी गर्नुपर्छ उहांले बताउंनुभयो । संविधान महाभारत, गीता, रामायण, कुरान, बाईवल होइन्, जो परिवर्तन हुंदैन्, जनताको चाहना अनुरुप संविधान परिवर्तन हुनसक्ने भएकोले प्रक्रियामै जारी गर्नुपर्ने बताउंनुभयो ।
‘मधेशमा छोरीबुहारीको मुख हेर्न गाह्रो, तर चाक हेर्न सजिलो’ जस्ता समस्या रहेको छ । मधेशमा हुनेखानेले पक्की घर निर्माण गर्छन् तर चर्पी निर्माण गदैनन् । यहां बाटोघाटो दिशापिसाव गर्ने गरेकोले मानिसहरु विभिन्न रोगले ग्रसित बनेकोले यथाशिघ्र सरसफाई अभियानलाई उचाईमा पुरयाउंनुपर्ने सिरहाकी सभासद् उषा यादवले बताइन् ।
खानेपानी तथा ढल निकासका रामचन्द्र देवकोटाका सभाध्यक्षतामा भएको सो कार्यक्रममा सिरहा क्षेत्र नं. २ का सभासद् रामचन्द्र यादव, क्षेत्र नं. ४ का रामचन्द्र यादव, सिरहाका सभासदहरु महरा, सप्तरीका सभासद्हरु सुरेन्द्र यादव, तेजुलाल चौधरी, सिरहाका एलडिओ गोपालप्रसाद अधिकारी, सप्तरी सुनसरीका एलडिओलगायतले सरसफाई अभियानलाई तिब्र पार्न जोड दिएका थिए । कार्यक्रममा सिरहा, सप्तरी र सुनसरीका सरोकारवालाहरुको उपस्थिति रहेको थियो भने सिरहा सन् २०१५ मा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने जानकारी गराइएको थियो । सिरहामा अहिले ४५ प्रतिशतले चर्पी प्रयोग गर्दै आइरहेको छ भने २१.५ घरधुरीले चर्पी प्रयोग गर्दै आएको अवस्था थियो । सरसफाई अभियान गतिलो रुपमा लिएपछि अहिले सिरहामा चर्पी निर्माण कार्य तथा सचेतनाको कार्यक्रम व्यापक रुपमा चलिरहेको छ ।
खुल्ला दिशाको कारण ८० प्रतिशत रोग लाग्ने भएकोले यहां सचेत नागरिक यतिबेला आ आफ्नो गाउंघर तथा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सक्रिय भएर लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका प्रमुख दशै मण्डल बताउंछन् ।
मधेशको ९ जिल्ला सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा चर्पी प्रयोग गर्नेहरुको संख्या कम रहेकोले यि जिल्लाहरु कालो घेराभित्र रहेको छ । त्यसैले यि जिल्लाहरुलाई खुल्ला दिशामुक्तक्षेत्र घोषणा गर्न सरसफाई प्रबद्र्धन गर्दै आएको छ ।

                                               -न्यूज्वारभाटा साप्ताहिक लहान

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्