एयर एसियाको विमानको खोजी जारी, जाभा समुन्द्रमा सेनाले खोजी गर्दै
Advertise Here Book Now

काठमाडौं, पौष १३ । एक सय ६२ जना व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा सम्पर्कविहीन भएको एयर एशिया विमानको खोजी भइरहेको छ ।
मौसमको खराबीका कारण सम्पर्कविहीन भएको विमानको खोजीमा इण्डोनेशिया र सिंगापुरका सैनिक विमानहरु जुटेका छन् ।
जाभा समुन्द्रमाथिको आकाशमा रहँदा सम्पर्कविच्छेद भएकाले सेनाले त्यही क्षेत्रमा खोजी गरिरहेको छ । यता चीनको सीसीटीभीले बेलिटुंग टापु नजिक विमानको अवशेष देखिएको बताएको भएपनि विमान कम्पनीले आधिकारिक पुष्टी गरेको छैन् ।
इन्डोनेसियाको सुराबाया शहरबाट चालक दलका सात सदस्यसहित १ सय ५५ यात्रु बोकेर उडेको क्यूजेड ८५०१ नामक विमानको कन्ट्रोल रुमसँग स्थानीय समय अनुसार विहान ७ बजेर २४ मिनेटमा विमानसँग सम्पर्क टुटेको थियो ।
विमानमा ६ जनाबाहेक सबै यात्रु इण्डोनेशियाली नागरिक थिए । ६ जनामा दक्षिण कारियाका तीन तथा फ्रान्स, मलेशिया र सिंगापुरका एक÷एक जना नागरिक थिए । त्यहाँका यातायात मन्त्रीका अनुसार सुराबाया र सिंगापुरको बीचमा पर्ने जाभा समुन्द्रमाथिको आकाशबाट विमानको सम्पर्क टुटेको हो ।
सम्पर्क विच्छेद हुनुअघि विमानले मार्ग परिवर्तनका लागि अनुमति मागेको थियो । मलेशियन वायु सेवा कम्पनी एअर एशियाले अहिलेसम्म कुनै त्यस्तो दुर्घटनाको सामना गर्नु नपरेको बीबीसीले जनाएको छ ।
जबकी मलेशियाको राष्ट्रिय विमान मलेशिया विमान यस वर्ष मात्र दुई वटा दुर्घटनामा परिसकेको छ । एमएच ३७० र एमएच १७ विमान दुर्घटनामा परेको हो ।
यसै वर्षको मार्चमा २३९ यात्रु बोकेर क्वालालाम्पुरबाट चीनको बेइजिङतर्फ जाँदै गरेको एमएच ३७० बाटोमै हराएको थियो । एमएच १७ लाई भने यूक्रेनका बिद्रोहीले झारिदिएका थिए । जहाँ २९८ जना मारिएका थिए ।


Source:Imagekhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्