वेपत्ता एयर एसियाको विमानको भग्नावशेष पत्ता लाग्यो
Advertise Here Book Now

काठमाडौं, पौष १५ । इन्डोनेसियाका खोजकर्ताहरुले आइतवारदेखि वेपत्ता एयर एसियाको विमानको भग्नावशेष पत्ता लगाएको दाबी गरेका छन् ।
इन्डोनेसियाको वोनियो टापु नजिकको जाभा समुद्रमाथि विभिन्न वस्तु तैरिरहेको देखिएको खोजकर्ताहरुले जनाएका छन् । र ती वस्तु वेपत्ता विमानमा भएको उनीहरुको भनाई छ ।
जमिनर समुद्रमा गरि विभाजित १३ क्षेत्रमा भैरहेको विमानको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरीका, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।
आज बिहानै जाभा नजिकको एउटा टापुमा धुँवा उडिरहेको दृष्य देखिएपछि खोजी  कार्य त्यतै केन्द्रित गरिएको थियो ।
केन्द्रले संभावित जमिन तथा जलक्षेत्रलाई १३ भागमा विभाजन गरी खोजी कार्य तिब्र पारेको छ । १ सय ६२ व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा जाभा समुन्द्रमाथिबाट सम्पर्कविहीन भएको थियो । 



Source: Imagekhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्