कथ्था उद्योगमा आगलागी, करोडौंको क्षति
Advertise Here Book Now

इटहरी, पुस १६ इटहरी उपमहानगरपालिका–२२ स्थित हाँसपोसामा रहेको एक कत्था उद्योगमा आज आगलागी हुँदा झण्डै ५ करोड बढिको क्षति भएको छ । हाँसपोसाको हिमाली कत्था उद्योगमा अपरान्ह विद्युत सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको उद्योगका सञ्चालक केशव कार्कीले बताउनुभयो ।  उद्योगको पछिल्लो भागमा रहेको रोजिन, तारपिन र खोटो भण्डारण गरिएको कोठाबाट शुरु भएको आगोले भण्डारण गरिएको सम्पूर्ण वस्तु जलेर नष्ट भएका छन् ।  इटहरी, धरान, इनरुवाबाट आएका बारुणयन्त्र, नेपाली सेना सशस्त्र र जनपथ प्रहरी तथा स्थानीय ब्यक्तिहरुको सक्रियतामा अपरान्ह साढे ३ बजेतिर आगलागी नियन्त्रणमा लिइएको थियो । आगो लाग्नासाथ पुगेका बारुणयन्त्रहरुले आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । उद्योगको भण्डारमा रहेको तारपिन, खोटो र रोजिनमध्ये केही सामान भने नेपाली सेना, शसस्त्र,  जनपथ प्रहरी र स्थानीय ब्यक्तिहरुले भण्डारण क्षेत्रबाट बाहिर निकालेका थिए । आगलागीबाट भएको क्षतिको पूर्ण बिबरण भने अझै आइनसकेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक बिष्ण्ुाबरसिंह थापाले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्