सिके राउत लगायत उनका समर्थक मुक्त , राउतको अवस्था अज्ञात
Advertise Here Book Now
रंजन भण्डारी
जलेश्वर,पौस १४ गते ।
जलेश्वरको नगरपालिका चौकबाट २ ः ३० बजे सोमवार पुन पक्राउ परेका डा. सिके राउत र उनका समर्थकहरुलाई प्रहरीले छोरेका छन । साझ करिब ७ ः३० बजे छोरिएका समर्थकहरु सम्पर्कमा आइसकेका छन भने राउतलाई कहा लगेर छोरियो भन्ने कसैलाई थाहा नभएको उनका समर्थक सुरेश पाण्डेले जनाएका छन ।
आईतवार देखि नै तनाव ग्रस्त रहेको जलेश्वरमा राउतलाई छोडदा पुनः जनसम्बोधनको प्रयास गर्न सक्ने हुनाले उनलाई अन्तै लगेर छोडिएको अनुमान गरिएको छ । डा. सिके राउतको रिहाईका लागी गिरफ्तारी लोकतन्त्र प्रतीको प्रहार र कानुनी राज्य व्यवस्थापनलाई खिल्ली उडाउदै अभिव्यक्ती स्वतन्त्रता माथी कुठाराघात भएको भन्दै तमलोपा,एनेकपा माओवादी,सदभावना पार्टी,संघिय सदभावना पार्टी,संघिय समाजवादी पार्टी,रामसपा,तमसपा लगागतका ७ पार्टीले संयुक्त प्रेस विज्ञप्ती जारी गरि उनको रिहाईको जोरदार माँग गरेका थिए ।